काठमाडौं- नेपाल एयरलाइन्सले चीनबाट खरिद गरेर ल्याएको वाई १२ जहाजले दुर्गम विमानस्थलमा परीक्षण उडान थालेको छ। बुधारबार मात्रै दुर्गम भेगका चार विमानस्थलमा परीक्षण उडान सफलता साथ गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको रारास्थित ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरिएको हो। यसअघि असोज ९ गते वाई १२ जहाजले लुक्ला विमानस्थलमा परीक्षण उडान गरेको थियो। बुधबार बिहान ७ः१० बजेबाट सुरु भएको परीक्षण उडान चारवटै विमानस्थलमा सफल भई दिउँसो १ः०५ बजे नेपालगन्ज विमानस्थल अवतरण भएको थियो।
_x000D_
_x000D_
ती सबै गन्तव्यमा प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले जहाज उडाएका थिए। साथमा निगमका प्राविधिकदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको पनि सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।