• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बेहुली फ्रम मेघौली : उम्दा छिन् स्वस्तिमा, ठगिन्नन् दर्शक

64x64
अशेष अधिकारी बिहीबार, असोज १७, २०८१  १२:२३
1140x725

काठमाडौँ- मीना न्यौपाने (स्वस्तिमा खड्का) उमेर २९। उमेर २९ भए पनि तीन र शुन्ना अर्थात् ३० टेक्न लामो समय छैन। परिवार र समाजको उनीमाथि विवाहको चर्को दबाब छ। दबाबकाबीच पनि ७ वर्षदेखि अष्ट्रेलियामा रहेका प्रेमीलाई कुरेर बसेकी छन्। प्रेमी नेपाल फर्किन्छन् र ७ वर्षदेखि कुरिरहेकी मीनालाई विवाह गर्न नसक्ने बताउँछन्।

७ वर्षदेखि कुरेको प्रेमीबाट यो जवाफ सुनेपछि टुटेकी मीना आफ्नो प्रेमलाई फर्काउने अनेक कोसिस गर्छिन् भने उता परिवार जसरी नि छोरीको विवाह अन्त भने पनि गर्ने धुनमा छन्। यही सेरोफेरोमा स्वस्तिमा खड्का, निश्चल बस्नेतको मुख्य भूमिका रहेको ‘बेहुली फ्रेम मेघौली’को कथा घुमेको छ।

सिनेमालाई साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। दुवै सिनेमाका लेखेक समेत हुन्।

विषयका हिसाबले सिनेमा तारिफयोग्य छ। उमेरमै छोरीको विवाह हुनुपर्छ र गर्नुपर्छ भन्ने मान्यताका साइडइफेक्ट प्रस्तुत गर्दै विवाह व्यक्तिको एकल स्वतन्त्रता र रोजाइको विषय हुनुपर्छ भन्ने कुरालाई सिनेमाले जोड दिएको छ। यस्तै सिनेमाले विवाह अब सामाजिक र पारिवारिक विषयमात्र रहेन यो एउटा पूँजीवादको नाफा-नोक्सानको एउटा हिसाबसमेत हुन थालेको कुरालाई पनि सिनेमाले प्रस्तुत गरेको छ।

यसर्थ कथा र विषयका हिसाबले सिनेमा राम्रो छ। तर विषय राम्रो हुनु मात्रले सिनेमा राम्रो हुँदैन। विशेषतः स्क्रिनेप्लेको माध्यमबाट प्रस्तुतिले त्यसलाई छुट्याउने काम गर्छ।

पटकथाका हिसाबले सिनेमा लेखनमा बराल र काफ्लेले इमानदार लेखनी गर्ने प्रयास गरेका छन्। यद्यपि, निश्चल बस्नेत तथा रक्षा थापाको भूमिकालाई केही फराकिलो बनाउँदा सिनेमा थप बलियो हुन्थ्यो। उनीहरु आफूले भन्न खोजेको कथामा स्पष्ट छन्, जुन धेरै नेपाली सिनेमामा भेटिन गाह्रो पर्छ।

कथा समग्रमा सलल बगेको छ। यद्यपि, पहिलो हाफका केही ठाउँमा सिनेमा एउटै बिन्दुमा अल्मलिएको महसुस हुन्छ जसको शोधभर्ना दर्शकले दोस्रो हाफमा पाउँछन्।

सिनेमाले आफ्नो कथालाई हास्यरसमा भन्ने काम गरेको छ। जसमा दर्शकको मनोरञ्जनको अपेक्षा पूरा हुन्छ। सिनेमाको अन्त्य जसरी हुन्छ त्यसले दर्शकलाई सन्तुष्टि प्रदान गर्दछ। अझ विशेषगरी युवती दर्शकले यसलाई विशेष मनपराउनेछन्। 

Ncell 2
Ncell 2

यसैगरी अभिनयका हिसाबले स्वस्तिमा खड्का सबैभन्दा अगाडि छिन्। उनले आफ्नो पात्रको मनोदशालाई मौखिक-गैरमौखिक दुबै पक्षबाट उत्कृष्ट रुपमा पस्किएकी छन्। पछिल्ला सिनेमाकी स्वस्तिमा यसमा देखिनन्, पर्दामा उनी ठ्याक्कै मिना भएकी छन्। उनका हरेक सिनेमामा हुने विशेषता हो यो।

पात्र प्रस्तुतिमा निश्चलले भने नयाँपन दिन सकेका छैन। उनको काम सामान्य छ। उनले पात्रको मनोदशालाई खासै प्रस्तुत गर्न सकेका छैनन्, पर्दामा उनी ज्यादा मौखिक छन्,भावप्रधान छैनन्। उनले आफ्नो पात्रको व्यक्तिवलाई पर्दामा प्रस्तुत गर्न सकेका छैनन्। निश्चलले यसमा ध्यान दिनुपर्ने जरुरी छ। यस्तै सिमरन खड्काले राम्रो काम गरेकी छन् भने रक्षा थापाले जत्ति स्क्रिन स्पेस पाएकी छन्, त्यसमा आफूलाई राम्रो देखाउने कोसिस गरेकी छन्, उनको भूमिकालाई अझ वजनदार बनाउन सकिन्थ्यो।

यस्तै लोकेन्द्र लेखकको अभिनयशैली अरु सिनेमाको जस्तै छ, उनले स्पेस पाइकन पनि आफूलाई आफ्ना अघिल्ला सिनेमाभन्दा फरक पार्न सकेका छैनन्। विशेषतः उनको संवादशैली अघिल्ला सिनेमाका जस्तै छन्।

यसैगरी विजय वरालको कमिक टाइमिङ सिनेमाभित्र तड्का हो भने आमिर गौतमलाई अर्को तड्का बनाउन सकिन्थ्यो तर त्यसो हुन सकेको छैनन्। उनले पात्र अनुसारको अभिनय गर्न सकेका छैनन् जसका कारण उनी सिनेमा भित्रको रोचक पात्र भइकन पनि त्यसको फाइदा उनले उठाउन सकेका छैनन्। यस्तै सरोज अर्याल अक्सर सानो भूमिकामा देखिन्छन् तर सँधै असरदार सावित हुन्छन। यो सिनेमामा पनि उनको अभिनय स्वभाविक छ जसलाई दर्शकले बिर्सने छैनन्। 

साजन र महेशको पहिलो निर्देशकीय प्रयासलाई सरहना गर्नुपर्छ। यद्यपि, उनीहरु आफ्नो सट लिने सन्दर्भमा भने कयौं ठाउँमा हतारिएका छन्। विशेषतः केही दृश्यहरुमा पात्रको अमौखिक अभिनयका क्लोजअप सट खोजिरहँदा लङसटमै ती दृश्यहरु सकाउने हतारो गरेका महसुस हुन्छ। आशा गरौं आगामी सिनेमामा उनीहरुले यसलाई सम्बोधन गर्नेछन्। 

यस्तै सिनेमाको ‘चेज सिन’ एकदमै हतारोमा खिचिएको महसुस हुन्छ। त्यो दृश्यले जति मजा दिनुपर्ने हो त्यो क्षमताको मजा दिँदैन। ती दृश्य खिच्न सजिलो छैन तर त्यसलाई अझ मजाले खिच्न सकिन्थ्यो। त्यसैले सिनेमा हेरिरहँदा सम्पादनको कमजोरी होकी जस्तो लागे पनि यसको मुल समस्या खिचाइमै छ। त्यसैले क्यामराको काम सिनेमामा ठिकठाक छ भने अन्य प्राविधिक कामहरुमा सिनेमा सुहाउँदो छ। 

यसैगरी इन्डक्रेटिडपछिको दृश्य आउँदासम्म दर्शकले सिनेमा हल छाडिसक्ने भएकाले त्यसलाई अगाडि नै ल्याउँदा राम्रो हुनेछ।

समग्रमा ‘बेहुली फ्रम मेघौली’ले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्छ। उनीहरुले आफूले तिरेको टिकटको पैसा असुल भएको महसुस गर्छन् र स्वस्तिमाले भनेझैं दर्शकलाई मनोरञ्जन दिने नारीप्रधान सिनेमा बनेको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्