हेटौँडा- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश सभाको चौथो अधिवेशन आज रातिदेखि अन्त्य गरेका छन्।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार, संवैधानिक प्रक्रिया पूरागरी प्रदेश सभा बैठकको अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत प्रकाश चापागाईंले जानकारी दिए।
प्रदेश सभाको गत असोज ६ र ७ गते बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले अनिश्चितकालका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।