• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वनसँग सहकार्य नगरी उपमहानगरपालिकाको पार्कमा व्यापारिक भवन निर्माण शिलन्यास

नागरिक समाजको सुझावलाई विवादित बनाउँदै उपमहानगर
64x64
शेरबहादुर ऐर बुधबार, असोज १६, २०८१  १३:१३
1140x725

धनगढी– घना बस्तीका कारण बजारभित्र सास फेर्न विचरण गर्ने खुला ठाउँ नै छैन। बजार भित्रको तत्कालिन वीरेन्द्र ऐश्वर्य (हाल दशरथ भिम) पार्कको नामले परिचित पार्क मात्रै हो बजारबासीले खुल्ला ठाउँमा सास फर्ने ठाउँ। त्यही पार्कमा अहिले नगरले व्यवसायीक भवन निर्माण गर्ने निर्णय गरेको छ।

पानी रिचार्ज पिट्स, स्विमिङ्ग पुल, ठूल्ठूला रुख र स–साना बोटविरुवासहित आकर्षण दृष्यका मानवनिर्मित कलात्मक मूर्ति तथा चित्रहरुले भरिएको यो पार्क व्यवस्थित नहुँदा विवादित बन्ने गरेको छ। नगरले अहिले व्यावसायिक भवन निर्माण गर्ने भनेपछि थप विवादित बनेको हो।

‘झाँडीवाला पार्कमा नयाँ संरचना बनाउँदा किन आपत्ती ?’ भन्दै अहिले उपमहानगरपालिकाले तयार गरेको डिपिआरको पक्षमा समर्थन जनाउँने एक पक्ष छ भने बोटविरुवा मास्नु हुँदैन भनेर अर्को पक्षको सुझाव रहेको छ।

विशेषतः पार्क घुम्न जाने, रमाउने युवायुवतिनै हुन्। उपमहानगरपालिकाको निर्णयको समर्थन गर्नेले त्यहाँ युवायुवतिबिच हुने अनैतिक सम्बन्धलाई बढी बलियो विचार बनाएका छन् भने उपमहानगरपालिकाको निर्णयको विपक्षमा रहेकाहरुले हरियालीलाई बढी जोड दिएका छन्।

एक विघा ५ कठ्ठा क्षेत्र ओगटेको यो पार्कको महत्त्व तत्कालीन राजा वीरेन्द्रको शालिकनै थियो। अहिले सो पार्कमा रहेको उक्त शालिक छैन्। उपमहानगरपालिकाले व्यापारिक भवन निर्माण गर्ने भनेपनि वन कार्यालयसंग सहकार्य तथा समन्वय गरेको छैन्। वन कार्यालयसंग कुनै अनुमतिनै नलिएको उपमहानगरपालिकाले सो पार्कको भवन निर्माण सिलन्यास गराएको छ। उपमहानगरपालिकाको स्थापना दिवसको अवसमार निर्माण कार्यको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले शिलान्यास गरेका थिए।

Ncell 2
Ncell 2

उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ। अहिले उद्यान निर्माण कम्पनीले त्यसभीत्र निर्माण सामग्री राखिसकेको छ। तर, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले भने –‘पार्कमा भवन निर्माण गर्न हामीसंग कुनै सहकार्य र समन्वय छैन। व्यापारिक भवन बन्न लागेको बारे जानकारी छैन।’

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको जनाएको छ।

जति ठूलो लगानी त्यतिनै आम्दानी
कुनै समय सार्वजनिक पार्कभित्र निर्माण भएका संरचना हेर्न दश रुपैयाँ तिरेर सम्पूर्ण कुरा हेर्न मिल्ने थियो। तर, अव सो पार्कभित्रका संरचना हेर्न तथा उपयोग गर्न शूल्क तिर्नुपर्ने अवस्था आउने छ। धनगढी उपमहानगरपालिकाले ३६ करोड लागतमा बनाउन लागेको व्यापारिक भवनलाई सोही अनुसारको आम्दानीको स्रोत बनाउने भएको छ।

अहिले पार्कमा प्रवेश गरेकोमात्र स्थानीयहरुले शूल्क तिर्नुपरेको छ। जस अनुसार उपमहानगरपालिकाको आम्दानी थोरैमात्र रहेको छ। व्यवसायीक भवन बनाउँदा उपमहानगरपालिकाले मनग्य आम्दानी गर्ने भन्दै वातावरणमा ध्यान दिइएको छैन।

कंक्रिटको शहर बन्दै गएको धनगढीमा हरियालीको पहिचान गराईरहेको यो पार्कमा व्यापारिक भवनसंगै पार्कभित्र कंक्रिटसहितका संरचना पनि निर्माण गर्ने अवधारणा रहेको छ।

उपमहानगरपालिकाले तयार पारेको डिपिआरमा पार्क वरपर पर्खाल, प्रमुख प्रवेशद्धार र सहायक द्धार, सवारीसाधन राख्ने स्थान, तहखाना, प्रतिक्षालय, टिकट काट्ने स्थान, सुरक्षा ब्लक, बगैचा र हरियो ठाउँ सँगै भुनिर्माण, बिजुली आपूर्ति, ट्रान्सफर्मर, ब्याक अप जेनेरेटर, पानी आपूर्ति र आगो निभाउने व्यवस्था, वृद्धवृद्धा, वयस्क र बालबालिकाका लागि तोकिएको ठाउँ, सेप्टिक ट्याङ्कीको स्थिति र स्थान, सोक पिट, पानी रिचार्ज पिट्स आदि, सांगीतिक फव्वारा, बाल पार्क, भोजनालय÷किओस्क, प्रतिक्षा (बस्ने क्षेत्र), पानीको झरना र पानी जलाशय ट्यांकी, मूर्तिकला र कलात्मक गेट, रूखहरूको विशिष्टता, बिरुवा पहिचान सहित फूल बसहरू, मिनी नर्सरी, योग क्षेत्र, बाल खेल क्षेत्र, बहुउद्देश्यीय स्थान आदि सो क्षेत्रमा बनाउने उल्लेख छ।

उपमहानगरपालिकाले सोही लागत अनुसार आम्दानी पनि वृद्धि गराउने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ। यहि साउन १६ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नम्बर ६ मा भनिएको छ –‘उपमहानगरपालिकाको स्वामित्त्वमा रहेको दशरथ भिम उद्यान संचालन गर्नका लागि सिफारिस भएको देहाय बमोजिमको सेवा शूल्कका दरहरु आगामी नगरसभाबाट अनुमोदन हुने गरि स्वीकृत गर्ने निर्णय गरियो।’
सो निर्णय अनुसार व्यापारिक भवनमा पूर्व–दक्षिण क्षेत्रमा बन्ने भवनमा प्रति पसल २० हजार पाँच सय मासिक भाडा, प्लाजा रेष्टुरेण्ट एक खाली स्थान प्रति वर्गमिटर प्रति महिना एक हजार, प्रवेश शूलक ५०, पार्कभित्र रेष्टुरेण्ट प्रति वर्ग प्रति महिना पाँच सय, हल तथा प्रदर्शनी प्रति सो तथा प्रति गतिविधि प्रति महिना दुई लाख ५० हजार, फेरिस ह्विल प्रति व्यक्ति एक सय, वम्पर कार प्रति व्यक्ति दुई सय ५०, स्विमिङ्ग पुल प्रति व्यक्ति तीन सय, सार्वजनिक शौचालय प्रति व्यक्ति पाँच र १० रुपैयाँ लाग्ने छ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज दुई संसदीय समितिको बैठक बस्दै जसअनुसार मध्यान्ह सवा १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आइतबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । आइतबार, माघ ४, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुको हकहितका खातिर महासङ्घ क्रियाशील रहेको बताउनुभयो । साथै उहाँले... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
कांग्रेस सांसद बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक आइतबार, माघ ४, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
विश्वकप छनोट महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार आइतबार, माघ ४, २०८२
देउवा पक्षीय काँग्रेस आज सर्वोच्च जाँदै आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्