नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमका देब्रे हाते तीब्र बलर आशिष नेहराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३८ वर्षीय नेहराले फिरोजा शाह कोटला मैदानमा आउँदो १ नोभेम्बरमा न्युजिल्यान्ड विरुद्ध हुने टि–२० खेलपछि सन्यास लिँदैछन्।
उनी अस्ट्रेलिया विरुद्ध टि–२० शृंखलाका लागि पनि भारतीय टिममा समावेश छन्। उनले अघिल्लो २ खेलमा प्लेइङ–११ मा स्थान पाएका थिएनन्।
हाल भारतीय टिममा भुवनेश्वर कुमार र जसप्रित बुमराह उत्कृष्ट फर्ममा छन्। त्यसैले नेहरालाई टिममा स्थान बनाउन गाह्रो परिरहेको छ।
उनले विहिबार आफ्नो सन्यासको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।