काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ।
बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्ने सम्भावना छ।
त्यस्तै राजधानी काठमाडौं तथा देशका अन्य ठूला शहर तथा जिल्ला सदरमुकामहरु जोड्ने राजमार्गमा क्षति भएकाले तत्काल यातायात सन्चालनका लागि सरकारले आवश्यक पहल थालेको छ।
मन्त्रिपरिषदको बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।