• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सडकको डिल भासिएर खसेको थियो झ्याप्ले खोलाको पहिरो

64x64
रासस सोमबार, असोज १४, २०८१  ०७:०४
1140x725

मलेखु (धादिङ)-‘पहिरो’को पर्यायवाची नाम जस्तै बनेको छ ‘झ्याप्ले खोला’ । नौबिसे नागढुङ्गा हुँदै यात्रा गर्ने पूर्वपश्चिमका यात्रुबीच पनि यो नाम चर्चित छ । 

 हाल पहिरो गएको भन्दा केही मिटर पर एउटा खोल्सा छ । त्यहाँ एक धारोबाट पानी बग्छ । बिहीबार राति पहिरो खसेको अघिल्लो र पछिल्लो भित्ताबाट हरेक बर्खामा पहिरो गइरहन्थ्यो । सबैले ‘झ्याप्ले खालाको पहिरो !’ अथवा ‘झ्याप्ले खोलाको जाम !’ भन्थे । चालकले पनि त्रासैत्रासमा सवारी हुँइक्याउँथे ।

यो पटक भने झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो । माथिल्लो सडकको डिल भासिएर तल्लो सडकमा थुप्रिन पुग्यो । माथिल्लो सडक भन्नाले नौबिसे नागढुङ्गा सडक कै सिरान हो । जुन स्थान नागढुङ्गाबाट थारै तल पर्छ । त्यो स्थान पनि भौगोलिक रुपले कमजोर छ । सडक विस्तारको क्रममा छेउकुना भस्काइएको छ । छेउपट्टि ग्याबिन जाली र मेसिनरी वाल लगाइँदै छ । कुनापट्टि भित्ता खारिएको छ । त्यहि भित्ता खारेर माटो फालिएकै डिलबाट सुरु भएको पहिरो बगेर तल्लो सडकसम्म पुगेको हो ।

तल्लो सडक र माथिल्लो सडकबीचको ठाडो दुरी ‘गुगल अर्थ’ले दिएको मापनअनुसार एक सय ८० मिटर छ । ढिस्को भासिएर जङ्गल मढार्दै झरेको पहिरो सडकमा गुडिरहेका सवारीमाथि बजारिन पुगेको हो । घटनास्थल पुगेर फर्किएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे भन्छन्, “माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र गुडिरहेकै सवारीमाथि खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएन ।”

ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिटभन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल पर्‍यो । ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उद्धारमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो झर्‍यो । त्यही पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिराखिएका थिए । जहाँ धेरै सवारी रोकिएको थियो । त्यही ठाउँमा सडक माथिबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आएकी कमला ढकालले सुनाइन्। सवारीको जाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ०४ बजे ब्यूँझिदा पहिरोले गाडी पुरिएको देखेको उनको भनाइ छ ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट आइतबार साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ । तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए। 

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ  । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो। बाढी आएक... सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज... सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
जाडोमा विद्युत् अभाव हुन नदिन अहिलेदेखि तयारी गर्दैछौँ : ऊर्जामन्त्री सोमबार, असोज ५, २०८३
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्