काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुवानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विपदबाट देशभर ठूलो जनधनको क्षति भएको बताए।
उनले भने, काठमाडौं उपत्यकामा पनि ठूलो क्षति भएको छ। सरकारकार सबै अंगले काम गरेको छन्। काठमाडौंमा ७५० भन्दा बढी जोखिममा परेहकाहरुको उद्धार गरेका छौं। देशभरी बाढी पहिरो डुबान भएको छ। जोखिममा रहेकाहरुलाई गम्भिरता र संवेदशील भएर हेरिरहेका छौं।
उनले सरकारले आफ्नो तर्फबाट उद्धार राहत र घाइतेको उपचारमा लागिरहेको बताए। बाढी पहिरोले भत्काएर पुल र सडकको पुनर्निर्माण सरकारले तत्कालै थाल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।