काठमाडौँ- अखिल क्रान्तिकारीमा पञ्चा सिंहको नेतृत्वमा केन्द्रीय कमिटी भंग गरी ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ। क्रान्तिकारीको जारी २३औं महाधिवेशनमा सिंह नेतृत्वको कमिटी भंग गरी अध्यक्षमण्डल गठन गरिएको हो।
अखिल क्रान्तिकारीको महाधिवेशन बिहीबारदेखि त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा चलिरहेको छ। बन्द सत्रले सिंह नेतृत्वको कमिटीलाई भंग गरी अध्यक्षमण्डल गठन गरिएको निवर्तमान उपाध्यक्ष क्षितिज सापकोटाले बताए।
महाधिवेशनमा निवर्तमान अध्यक्षले राजनीतिक प्रतिवेदन र विधान दिपेश पुनले पेस गरेका छन्। प्रतिवेदनमाथि शनिबार छलफल हुनेछ।
अखिल क्रान्तिकारीको अध्यक्ष पदमा १८ जनाले दाबी गरेका छन्। नेता वर्षमान पुन र जनार्दन शर्मा पक्षका विद्यार्थी नेताहरु प्रतिस्पर्धा हुने बताइएको छ।
१४ असोजसम्म चल्ने महाधिवेशनका लागि १७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।