• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

64x64
रासस शुक्रबार, असोज ११, २०८१  १५:४२
1140x725

गण्डकी– ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ। यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन्। पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ।

आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा पर्यटन परिषद्को समन्वयमा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो।

‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गर्ने उद्देश्यले मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिञ्जे नासालाई छनोट गरेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्।

रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि बस्ती शून्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिञ्जे नासामा घरबास कार्यक्रम सुरु गरिएको रिञ्जे नासा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले बताए। उनका अनुसार विगतमा मानिसले भरिभराउ हुने गरेका २६/२७ घरमध्ये अहिले नौ/दश घरमा मात्रै बसोबास छ। 

तीन दशकअघिसम्म गाउँमा राम्रो चहलपहल रहेकामा पछिल्लो समय एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिँदै गएपछि स्थानीयले घरबास सुरु गरेका गुरुङले बताए। “सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि विसं २०७६ देखि रिञ्जे नासा होमस्टे सञ्चालनमा ल्याइएको हो”, उनले भने, “सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ।”

Ncell 2
Ncell 2
nimb
nimb

धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय रुपमा यसको प्रवर्द्धन तथा विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको गुरुङले बताए। 

पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ। गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन्। गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत हिमालीका दृश्य देख्न पाइन्छ।

गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट लाग्दछ। त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ। यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गर्दछन्। गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो। मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

साथै प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने स्थानीयवासी बताउँछन्। नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउनुलाई धार्मिक महत्वका साथ हेर्ने गरिएको छ।

मन्दिरको नजिकै रहेको सुन्दर झरना, भिरमौरी, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहट यहाँका पर्यटकीय आकर्षण हुन्। पोखराको पृथ्वीचोकबाट महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ। त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रिञ्जे नासा पुगिन्छ।

घरबास कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार भएका सबै लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रविन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल सङ्घका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाटलगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्