• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

64x64
रासस शुक्रबार, असोज ११, २०८१  १५:४२
1140x725

गण्डकी– ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ। यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन्। पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ।

आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा पर्यटन परिषद्को समन्वयमा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो।

‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गर्ने उद्देश्यले मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिञ्जे नासालाई छनोट गरेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्।

रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि बस्ती शून्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिञ्जे नासामा घरबास कार्यक्रम सुरु गरिएको रिञ्जे नासा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले बताए। उनका अनुसार विगतमा मानिसले भरिभराउ हुने गरेका २६/२७ घरमध्ये अहिले नौ/दश घरमा मात्रै बसोबास छ। 

तीन दशकअघिसम्म गाउँमा राम्रो चहलपहल रहेकामा पछिल्लो समय एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिँदै गएपछि स्थानीयले घरबास सुरु गरेका गुरुङले बताए। “सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि विसं २०७६ देखि रिञ्जे नासा होमस्टे सञ्चालनमा ल्याइएको हो”, उनले भने, “सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ।”

Ncell 2
Ncell 2

धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय रुपमा यसको प्रवर्द्धन तथा विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको गुरुङले बताए। 

पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ। गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन्। गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत हिमालीका दृश्य देख्न पाइन्छ।

गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट लाग्दछ। त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ। यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गर्दछन्। गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो। मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएका छन्। 

साथै प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने स्थानीयवासी बताउँछन्। नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउनुलाई धार्मिक महत्वका साथ हेर्ने गरिएको छ।

मन्दिरको नजिकै रहेको सुन्दर झरना, भिरमौरी, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहट यहाँका पर्यटकीय आकर्षण हुन्। पोखराको पृथ्वीचोकबाट महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ। त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रिञ्जे नासा पुगिन्छ।

घरबास कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार भएका सबै लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रविन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल सङ्घका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाटलगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्