नयाँ दिल्ली (एजेन्सी)– भारतको युथ–१७ विश्वकप फुटबल टोली समूह चरणको खेलबाटै बाहिरिएको छ।
घाना विरुद्ध समूहको तेस्रो खेलमा ४–० ले पराजित भएपछि भारत बिहिबार युथ–१७ विश्वकप प्रतियोगिताबाट बाहिरिएको हो।
घानाले पहिलो हाफमा पहिलो गोल र दोस्रो हाफमा तीन गोल थपेको थियो। विश्वकप प्रतियोगिताअन्तर्गत भारत पहिलो खेलमा अमेरिकासँग ३–० र कोलम्बियासँग २–१ ले पराजित भयो।
पुरै प्रतियोगितामा भारतले ९ गोल खायो भने १ गोल फर्काउन सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।