काठमाडौं– गृहमन्त्री रामबहादुर थापा 'बादल'ले मदिरा र 'पोर्न साइट'का कारण बलात्कार बढेको बताएका छन्।
_x000D_
_x000D_
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा दोषीलाई पक्राउ पर्ने दाबी गरे। 'दोषीलाई पक्राउ गर्छौं ', उनले भने, 'सुरक्षा निकायले तदारुकता देखाएको छ। जिल्लाको सुरक्षा निकायको कमजोरी भएकै हो। त्यसमा सरकार गम्भीर छ।'
_x000D_
_x000D_
गृहमन्त्री थापाले बलात्कारका घटना अहिलेको सरकार बनेपछि मात्रै नभएको बरु जनताको चेतनाको कारण अहिले बाहिर आएको बताए। 'सामाजिक परिवेशका कारण यस्ता घटना भएका हुन्। पुँजीवादी सामन्तवादी समाजको कारण महिलामाथि घटना भएका हुन्', थापाले भने, 'अमेरिका र भारत पनि यस्ता घटना भएका छन्।'
_x000D_
_x000D_
थापाले महिलामाथिको हिंसा रोक्न अभियान नै सञ्चालन गर्नुपर्ने बताए।
_x000D_
_x000D_
'अभियानकै रूपमा वडा वडाबाट अभियानमा चलाउने तयारी सरकारले गरेको छ। महिलाको सहभागितामा अभियान सञ्चालन गर्छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।