• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सूर्तिजन्य पदार्थ नियन्त्रणमा विदेशीले भेटेका कुरुप चित्र

64x64
डिबी खड्का मंगलबार, भदौ १३, २०७४  १५:३३
1140x725

काठमाडौं- सायद धेरैले देखेको हुनुपर्छ, सूर्तिजन्य पदार्थ(चुरोट, बिडी, सूर्ति)को प्याकेटमा एउटा चित्र हुन्छ, साह्रै कुरुप। खाशमा सूर्तिजन्य पदार्थका सेवनकर्ताहरु चित्र देखेपछि डराएर, घिनाएर यसको प्रयोग कम गरुन् र नयाँले सुरु नै नगरुन् भनेर यस्तो उपाय अवलम्बन गरिएको हो।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि नेपाल सरकारले लिएका नीति, नियम कार्यान्वयनमा यस्तै कुरुप चित्र भेटेका छन् विदेशीहरुले । दक्षिण एशियाका विभिन्न देशबाट आएका सहभागीले उपत्यकाका विभिन्न ठाउँमा पुगेर सूर्तिजन्य पदार्थको अवलोकन गरेका थिए।

पुल्चोक, ठमेल, पाटन हस्पिटल, वीर हस्पिटल लगायतका ६ ठाउँमा अवलोकन गर्दा नीति नियम कार्यान्वयनको तस्बिर यस्तो भेटिएको हो । स्वास्थ्य मन्त्रालय, जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थ, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजनामा काठमाडौंमा भइरहेको ‘साउथ एशिया टोबाको कन्ट्रोल लिडरसिप प्रोगाम’का अवसरमा उनीहरुले स्थिति अवलोकन गरेका थिए।

सात दिने तालिममा सहभागी अफगानस्थान, भुटान, माल्दिभ्स, पाकिस्तान, बंगलादेश, श्रीलंका, इन्डिया र नेपालका प्रतिनीधि सहभागी छन् । जुन तालिमको ‘फोटो म्यासेज’ सेसन अन्तर्गत ग्रुपमा विभाजित भएर निस्केका सहभागीले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन तथा नियमवालीको कार्यान्वयनको वास्तविक अवस्थाको कुरुप तस्बिर लिएर आएका हुन् । सबैले ल्याएका तस्बिरमा यस्ता समानता छन्ः

भेटिएन ९० प्रतिशत चित्र

नेपाल सरकारले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत हानिकारक रहेको शन्देश दिने चित्र अंकित गर्नुपर्ने नीति लिएको छ । नेपाल सरकारका तर्फबाट कार्यक्रममा मन्तव्य राख्ने स्वास्थ्य मन्त्री गगन थापादेखि विभिन्न मन्त्रालयका सचिवहरुले यो कुरामा प्रतिवद्ध रहेको जानकारी दिए । तर, यसरी अवलोकनमा गएका सहभागीले भने ९० प्रतिशत चित्रांकित पाएनन् ।

आफ्नो प्रस्तुति दिने क्रममा एक सहभागीले ७५ प्रतिशत मात्रै चित्रांकित भएको चुरोटको प्याकेट देखाउँदै कटाक्ष गरिन्, ‘यसलाई ९० प्रतिशत भनिन्छ भने १ मा १ जोड्दा ३ हुन्छ !’ यति मात्रै होइन अर्काे वर्षबाट शतप्रतिशत चित्र अर्थात् प्लेन प्याकेजमा जाने घोषणा गरिएको छ । विश्वमा सुर्ति सेवनका कारण मानव मृत्युको दरमा भइरहेको वृद्धिलाई रोक्न विश्व स्वस्थ्य संगठनको पहलमा सन २००३ मा सुर्ति विरुद्धको अन्तराष्ट्रिय अभिसन्धि (एफसिटिसि) पारित भएको थियो । त्यही वर्ष डिसेम्बरमा नेपालले पानि सो अभिसन्धिमा हस्ताक्षर गरेको थियो । सोही अभिसन्धि अनुसार सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने प्रतिबद्धता अनुसार प्याकेटमा तस्बिर सहितको शन्देश छाप्ने नीति लिएको हो ।

कम उमेरकालाई विक्री

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्री गगन थापाले यही कार्यक्रमको उद्घाटन गर्दै घोषणा गरे, ‘नेपाललाई सन् २०३० सम्म टोबाको फ्रि जेनेरशन बनाइनेछ ।’ यसैको अनुशरण गर्दै अन्य देशका सहभागीले पनि टोबाको फ्रि जेनेरशनका लागि लाग्ने प्रतिबद्धता जाहेर गरे । नेपाल सरकारले २०६८ मा ल्याएको सूर्ती नियन्त्रण तथा नियमन ऐनमा १८ वर्ष उमेर नपुगेका बालबालिका सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने व्यवस्था गरेको छ ।

यदि कोही यो नियम विपरित गएमा १० हजारसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । तर, वीर अस्पतालअघि नै देखिएको थियो, १८ वर्ष भन्दा कम उमेरको बालकले चुरोट किनिरहेको दृष्य । जुन अवस्थालाई अवलोकनमा गएका सहभागीले तस्बिरमा कैद गर्न भ्याए । जुन गु्रप प्रस्तुतिका क्रममा धेरैको आँखामा पर्‍यो । सम्भवतः यो टोबाको फ्रि जेनेरेशनका लागि सबभन्दा ठूलो चुनौती पनि हो ।

खिल्ली बिक्री खुलमखुल्ला

फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्लि खरीद बिक्रि गर्न नपाइने नियम लागू भएको पनि धेरै भइसकेको छ । ऐनले यो व्यवस्था विपरीत कार्य गर्नेलाई पनि १० हजार रुपैयासम्म जरीवाना गर्न सकिने व्यवस्था गरेको छ । विभिन्न समूहमा विभाजित सहभागीबाट आएको साझा तस्बिर खुलमखुल्ला चुरोटको खिल्ली विक्रीको थियो । यो नियमले एक रत्ति असर नगरेको उनीहरुले खिचेर ल्याएका तस्बिरले झल्काउँथे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हस्पिटलअघि विक्री र सेवन

शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालयलगायतका सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने व्यवस्था ऐनले गरेको छ।

कसैले पनि सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न नपाउने उल्लेख छ। तर, वीर अस्पताल र पाटन अस्पताल परिसरमा यो नियमले छोएको भेटिएन । वीर अस्पतालको पुरानो भवनको ढोकैमा चुरोट विक्री भइरहेको भेटियो भने इमर्जेन्सीको ढोका भन्दा मुश्किलले १० मिटरभित्रै भेटियो एक वयष्कले निर्धक्क चुरोट लिइरहेको देखियो। यति मात्रै होइन, वीर अस्पताल भित्रकै क्याफेको ढोकामै चुरोट र गुट्खाका प्याकेटहरु छरपष्ट अवस्थामा भेटिए।

सार्वजनिक स्थलमा धुम्रपान गरेका दृष्यहरु पनि देखिएका थिए । हुक्काले सूर्तिजन्य पदार्थका अम्मली बनाइरहेको, चुरोटलाई आकर्षक ढंगले सजाइएको लगायतका विषयमा पनि सहभागीहरुले टिप्पणी गरेका थिए । द युनिएनका एशिया प्यासिफिकका डेपुटी डाइरेक्टर तारा सिंह बम ‘चुनौती’लाई ‘अवसर’ भन्छन् । उनी सूर्तीजन्य पदार्थको बट्टामा राखिने चेतावनीमुलक सन्देश छाप्नुपर्ने व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै कर बढाउँदै जाने कुरामा जोड दिन्छन्। त्यसकारण नेपाल सरकारसँग यतिबेला सूर्ति नियन्त्रण र नियमनका लागि धेरै अवसर छन् !

के छ त वर्तमान अवस्था ?

यो कार्यक्रममा नेपालका तर्फबाट स्वास्थ्य मन्त्रालयका कर्मचारी, सूर्तिजन्य पदार्थ नियन्त्रणमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाका प्रतिनीधि र पत्रकार सहभागी छन् । उनीहरुले सामूहिक रुपमा सूर्तिजन्य पदार्थको नियन्त्रणमा नेपालको वर्तमान अवस्था केलाएका थिए । जस अनुसार नीति निर्माणमा नेपालको अवस्था सबैभन्दा राम्रो अवस्था देखिएको छ।

नेपालले यसका लागि प्रशस्त नीति नियम बनाएको भन्दै सहभागीले शतप्रतिशत नम्बर दिएका छन् । त्यसपछि आवश्यक तथ्यांक र राजनीतिक प्रतिबद्धताले नम्बर पाएका छन् । तर, राजनीतिक प्रतिबद्धता भने गर्ने एक र भन्ने अर्काे देखिएको भन्दै आलोचना भएको थियो। किनभने सार्वजनिक कार्यक्रममा एउटा बोले पनि भित्री रुपमा उनीहरु त्यो अनुसार नलागेको गुनासो गरिएको थियो।

सहभागीले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि कार्यक्रम क्षमता र सहकार्य पनि कमजोर देखेका छन्। सञ्चार र सर्वसाधारणको विचार अझ कमजोर भेटिएको छ। अहिले पनि सूर्तिजन्य पदार्थको नियन्त्रणमा सूर्ति उद्योग नै सबैभन्दा ठूलो चुनौती रहेको साझा निष्कर्षमा सहभागी पुगेका छन् । सूर्ति उद्योगले राजनीतिज्ञ, सञ्चारमाध्यम लगायतलाई प्रभावमा पारेर नीति कार्यान्वयन हुन नदिएको टिप्पणी गरिएको छ ।

को कुन भूमिकामा ?

सूर्तिजन्य पदार्थ नियन्त्रणमा कुन सरोकारवालाको भूमिका कस्तो रहेको छ भन्ने पनि छलफलबाट निष्कर्ष निकालिएको छ । जस अनुसार स्वास्थ्य मन्त्रायल, सञ्चारमाध्यम, गैरसरकारी संस्था र नागरिक समाजको भूमिका अग्रणी देखिएको छ ।

उद्योग मन्त्रालय, अर्थ मन्त्रालयको भूमिका नियन्त्रणमा भन्दा सूर्ति उद्योग र आयातको संरक्षणमा बढी देखिएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐन नियमन गर्न ठूलो भूमिका रहेको गृह मन्त्रालय र सेचतनाका सूचना प्रवाहका गर्न जोड दिनुपर्ने सञ्चार मन्त्रालय तटस्थ भूमिका रहेको निष्कर्ष निस्केको छ भने शिक्षा मन्त्रालयले पनि गर्न सक्ने जति कार्य नगरेको सहभागीले टिप्पणी गरेका छन् । यसो हुनुमा सरकारका विभिन्न निकायबिच सहकार्य नरहेको र गर्ने निकायको अभाव रहेको देखिएको छ । यसैगरी नीति नियम कार्यन्वयनमा जोडबल नगर्नु र यही कुरालाई मात्रै हेर्ने निकाय नहुनु अर्काे समस्याका रुपमा लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १५:३३
  • #Banijya

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्