काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ। रास्वपाका सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा पुगिसकेका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो।
सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका हुन्।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।