काठमाडौं– सत्ता साझेदार दलले सार्वजनिक गरेको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ कार्यक्रममा स्वास्थ्य सेवा तर्फका कार्यक्रमहरूलाई पनि प्राथमिकता दिएको छ।
आज मात्रै सार्वजनिक भएको उक्त कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य बीमाको बिस्तार, पूर्वाधार र जनशक्ति निर्माण को लागि विशेष जोड दिएर काम गरिने उल्लेख गरिएको छ।
‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ कार्यक्रममा भनिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउन स्वास्थ्य बीमाको बिस्तार, पूर्वाधार र जनशक्ति निर्माण र स्वास्थ्य चेतनाको श्रृङ्खला निर्माण गरेर निरोगी नेपालको अवधारणालाई सार्थक तुल्याइने छ।’
यस्तै जलवायु परिवर्तन तर यसबाट उत्पन्न भएका जोखिमहरु न्यूनीकरण गर्ने, वातावरणीय सुरक्षामा जोडदिने तथा हरित अर्थतन्त्रलाई विकास गर्ने नीति लिनेसमेत सरकारले जनाएको छ।
यस्तै सरकार गठनका बेला दुई प्रमुखदलबीच भएको नीतिगत प्रतिवद्धता अनुसार राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन गर्ने लगायतका विषय उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।