काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासहका साथ मनाइँदैछ। नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ।
विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। विभिन्न सैनिक कौशल प्रदर्शनको साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।