काठमाडौं– राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्।
विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार निर्वाचित भएका हुन्।
दाहाल नेकपा (एमाले) की सांसद हुन् भने शर्मा नेकपा (माओवादी केन्द्र) का सांसद हुन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिहरूलाई शपथग्रहण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।