काठमाडौं- संघीय संसदका र मातहतका विषयगत समितिमा प्रेसका लागि सँधै खुला रहने परम्परा उल्लंघन गर्दै शशी श्रेष्ठले अाफ्नाे समिति अन्तर्गतकाे पहिलो बैठकमा नै प्रेसको पहुँच बन्द गरेकी छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सभापति भएर पहिलो बैठक राखेकी सांसद शशी श्रेष्ठले प्रेस प्रतिनिधिलाई रोक लगाएर मंगलबार बैठक चलाएकी हुन्। शुक्रबार मात्र समितिको सभापतिमा सर्वसहमत चयन भएकी श्रेष्ठले पहिलो बैठकमा नै प्रेसमाथि प्रहार गरेकी हुन्।
_x000D_
_x000D_
निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय समितिमा उठेको थियो। तर बैठकमा पत्रकारलाई अनौपचारिक छलफल भन्दै प्रवेशमा रोक लगाइएको हो।
_x000D_
_x000D_
गृह मन्त्रालयका काम कारबाही अनुगन गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिमा देशको शान्ति सुरक्षा र पछिल्लो समय बढेको बलात्कारको विषयमा छलफल हुने अपेक्षासहित समाचार संकलनका लागि पुगे पनि श्रेष्ठको ठाडाे निर्देशनमा पत्रकारलाई प्रवेश नदिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।