काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समुहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू विरुद्ध झुठा मुद्दा लगाएर दमन गरेको भन्दै सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
सर्वोच्च अदालतबाट रिहा भए लगत्तै मंगलबार सांझ माईतीघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दे उनले सर्वसाधरण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलन मार्फत गरिने चेतावनी दिएका हुन्। नेपालमा अहिले भएको राजनीतिक परिर्वतनमा प्रधानमन्त्री केपी ओलीको कुनै हात नरहेको र आफुहरुको अनवरत सघर्षबाट मात्रै संभव भएको दाबी उनले गरे।
_x000D_
_x000D_
उनले दुई तिहाईको सरकारले सम्पूर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको जिकिर उनले गरे।
_x000D_
_x000D_
प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको, चन्दा असुली लगायतमा दोषी आरोपित गर्दै उदयपुर, मकवानपुर, काठमाण्डौ, काभ्रे लगायत जिल्लामा मुद्दा दर्ता गरेको थियो।
_x000D_
_x000D_
यी मुद्दामा प्रहरीले पटकपटक नियन्त्रणमा लिई मुद्दा चलाए पनि सर्वोच्चले रिहा गर्न आदेश दिदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।