काठमाडौं– दैलेखस्थित नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ।
शुक्रबार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस,विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए।
शनिबार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमवहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन्। उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिबद्धन्द्धी गठबन्धनबाट नेविसंघका उम्मेदवार बिष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन्।
त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसनिकट अनेरास्ववियूका टेकराज बुढाले १२७ मत पाएका छन्।
स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाएका छन्। सदस्यहरु पनि अनेरास्ववियुबाटै पुष्पकमल अधिकारी र पुर्णिमा रानामगर निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।