काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गरेका छन्।
स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको बताए।
उनले भने, ‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन। राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे। अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन्।’
नेपाललाई विकास र समृद्धिको बाटोमा बढ्नै नदिने प्रयास भइरहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।