काठमाडौ- अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतमा रहेको मुद्दामा पूर्व आइजिपी प्रदीप शम्सेर राणलाई सफाई दिने फैसला सर्वोच्चले सुनाएको छ।
_x000D_
_x000D_
न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले उनलाई सफाई दिने फैसला सुनाएको हो।
_x000D_
_x000D_
२०६७ असोज १३ गते सर्वाेच्चमा पुनरावेदन भएको मुद्दामा ८ वर्षपछि फैसला गर्दै राणाले आर्जन गरेको सम्पत्ति अवैध नभएको ठहर सर्वाेच्चले गरेको हो।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व आइजिपी राणाले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
_x000D_
_x000D_
अख्तियारले राणासँग ६ करोड ७९ लाख रकम कुल सम्पत्ति रहेको र त्यसको आधा करीब ३ करोड अवैध आर्जन रहेको दाबी गर्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो। तर विशेषले ९६ हजार अपुग भएको भएको भन्दै सफाई दिने फैसला सुनाएको हो। सर्वोच्चले विशेषको उक्त फैसला मिलेको भन्दै सदर हुने फैसला सुनाएको हो।
_x000D_
_x000D_
कुल आम्दानीको १० प्रतिशत मात्र रकमको स्रोत देखाउन नसकेमा अवैध नहुने नजिरका आधारमा उनलाई विशेषले सफाई दिएको थियो विशेषको उक्त निर्णय विरुद्ध अख्तियारले पुनरावेदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।