काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीले सारेको योजना पूरा नहुने निश्चित भएको छ।
_x000D_ _x000D_
मन्त्री अधिकारी, आयोजना कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ जुन २८ सम्म निर्माण सम्पन्न गरी २०१९ जुलाई अर्थात् असारभित्रै उडान सुचारु गर्ने योजना अगाडि सारेका थिए। तर, प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजनाले सेप्टेम्बर २० (असोज ४) मा विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि गरेको टेन्डरको सूचना हेर्दा मन्त्री अधिकारीको योजना असम्भव हुने देखिन्न।
_x000D_ _x000D_
_x000D_ _x000D_
आयोजनाको कार्यालयले विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानका लागि भन्दै पहिलो पटक ४५ दिनको सूचना प्रकाशन गरेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतको उपकरण जडानका लागि टेन्डर गरेको छ। यी उपकरण जडान सम्पन्न भई परीक्षण भए मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को मापदण्ड अनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ। प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज-८ अन्तर्गत मापदण्डमा रहेर विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ। मोडालिटी अहिले अर्थ मन्त्रालयमा रोकिएको छ।
_x000D_ _x000D_
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल भने अहिलेको पुरानै प्रविधिबाट भए पनि विमानस्थल सञ्चालनमा आउने दाबी गर्छन्। तर, विमानस्थलबाहेक प्राधिकरणले कार्गो भवन तथा सुरक्षाकर्मीका लागि संरचना निर्माणका लागि कुनै प्रक्रिया अगाडि बढाएको छैन।
_x000D_ _x000D_
_x000D_ _x000D_
चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी-१ अन्तर्गत विमानस्थल निर्माणमा ५५ प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन। यस्तो अवस्थामा मन्त्री तथा प्राधिकरणले विमानस्थल सञ्चालनको विषयमा गर्दै आएको प्रचार टेन्डर सूचनाले गलत साबित गरिदिएको छ।
_x000D_ _x000D_
असारमा विमानस्थल सञ्चालन यसरी असम्भव
_x000D_ आयोजनाले विमानस्थल सञ्चालनका लागि आवश्यक औजार जडानका लागि पहिलो पटक ४५ दिनको समय दिँदै असोज ४ गते ग्लोबल टेन्डर आह्वान गरेको छ। तर, टेन्डर प्रक्रियाका लागि कुनै कम्पनीले थप समय मागेको अवस्थमा नियम अनुसार एक सातादेखि १५ दिनसम्मको समय थप्नुपर्ने हुन्छ। त्यसपछि उपकरण जडानका लागि आवेदन दिने कम्पनीहरुको टेन्डर मूल्यांकनका लागि न्यूनतम एक महिना समय लाग्छ। मूल्यांकनपछि पुनः न्यूनतम एक साताको सयम आर्थिक प्रस्ताव मागका लागि चाहिन्छ। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने गरी कबुल गर्ने कम्पनीसँग सम्झौताका लागि पनि १५ दिन लाग्छ। सम्झौता भएको मितिले कम्पनीले २ सय ७० दिनमा उपकरण जडानको काम गर्न पाउने सीमा टेन्डरमै तोकिएको छ।
_x000D_ _x000D_
कम्पनीले काम गरेकै अवस्थमा पनि जडित उपकरणको परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय लाग्छ। त्यस समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले फाइनल रिपोर्ट दिन अर्को थप ३० दिनको समय पाउँछ। यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ।
_x000D_ _x000D_
यी माथिका सबै प्रक्रिया पूरा हुन न्यूनतम १६ महिनाभन्दा बढी (२०७६ माघ) समय लाग्छ।
_x000D_ _x000D_
‘विमानस्थल भनेको कच्ची बाटोमा यात्रुले गाडी धकेलेर सवारी चलाए जस्तो होइन,' प्राधिकरण उपमहानिर्देशक पोखरेलले भने, ‘सबै प्रक्रिया पूरा गरेर प्राधिकरणले जतिसक्दो छिटो विमानस्थल सञ्चालनमा ल्याउँछ।’
_x000D_ _x000D_
तर, सम्पूर्ण प्रक्रिया सक्दा विमानस्थल सन् २०२० भित्र मात्रै 'फुल फेज'मा आउँछ। त्यसका लागि पनि विमानस्थलको आइसिबी-१ अन्तर्गत काम सकिनुपर्छ। चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले आइसिबी-१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी-वे, प्यारालल ट्याक्सी वे जोड्न ‘एग्जिट वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर घर निर्माणको काम गरिरहेको छ।
_x000D_ _x000D_
_x000D_ _x000D_
निर्माण कम्पनीसँग पहिलो पटक भएको सम्झौता सन् २०१७ डिसेम्बरमा काम सक्नुपर्ने उल्लेख छ। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा अवरोध भएकाले सन् २०१९ जुलाईसम्म समय थप गरिएको थियो।
_x000D_ _x000D_
'सन् २०१९ डिसेम्बरभित्र विमानस्थलमा परीक्षण उडान गर्न सके गौरवको विषय हुनेछ,' प्राधिकरण स्रोतले भन्यो, ‘अफिसियल रुपमा भन्दा जुलाईदेखि विमानस्थल सञ्चालनमा आउँछ भनुपर्ने बाध्यता छ।’
_x000D_ _x000D_
निर्माण लागत कति?
_x000D_ दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी-१ का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।
_x000D_ _x000D_
यसैगरी, आइसिबी-२ अन्तर्गत प्राधिकरणले ७.२५७ मिलियन रकम छुट्याएको थियो। जसका लागि अहिले पहिलो पटक टेन्डर आह्वान गरेको हो।
_x000D_ _x000D_
यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।
_x000D_ _x000D_
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जामा मात्रै २३ अर्बभन्दा बढी खर्च हुने अनुमान छ। यसबाहेक पनि प्राधिकरणको २ अर्बभन्दा बढी रकम खर्च हुने अवस्था छ।
_x000D_ _x000D_
तस्बिर : दीपक घिमिरे/नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।