विराटनगर– निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रदेश सभा अगाडि उनी अनशन बसेकै स्थलबाट पक्राउ गरेको हो। अहिले सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको छ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन। झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन्। घाइतेहरुको संख्या पनि यकिन छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।