• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्याकाण्ड प्रतिवेदन : एसपी विष्टको जागिर नै जान सक्ने

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  १०:४९
1140x725

काठमाडौं- निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई मंगलबार प्रतिवदेन बुझाएको हो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ।

_x000D_ _x000D_

प्रतिवेदनमा प्रहरीको गल्ती/कमजोरी लगायतका कुरा औंल्याइएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ। गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले घटना हुनु अघिदेखि गोली चलाउँदासम्म त्रुटि गरेको औंल्याएको छ।

_x000D_ _x000D_

यस्ता छन् एसपी विष्टलाई लागेका आरोप 

_x000D_ _x000D_

क) घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन नगरेको
_x000D_ साउन १० गते निर्मला पन्त हराउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले एसपी विष्टको गल्ती कमजोरी औंंल्याइएको छ। हराएको भन्ने बित्तिकै प्रहरी परिचालन भएको भए यस्तो घटना हुन नसक्ने बताइएको छ।

_x000D_ _x000D_

ख) घटनास्थलमा नगएको 
_x000D_ बलात्कारपछि हत्या जस्तो जघन्य अपराध हुँदा र प्रहरीको तीव्र आलोचना हुँदासमेत विष्ट घटनास्थल नगएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एसपी विष्टले उदासिनता देखाएको आरोप प्रतिवेदनमा लगाइएको छ। 

_x000D_ _x000D_

ग) प्रमाण नष्ट गराउने काम
_x000D_ घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नु पर्नेमा लाश धोएको, सुरुवाल धोएकोलगायत घटनास्थलका प्रमाण मेटाउने काम भएकाले एसपी विष्ट त्यसमा पनि चुकेको बताइएको छ। सकेसम्म आफू नै जानुपर्ने वा आफू जान नसकेको अवस्थामा पनि प्रमाण जोगाउन नसककेकाले उनले गम्भीर लापरबाही गरेको प्रतिवेदनमा उल्लेख। 

_x000D_ _x000D_

घ) स्थानीयबासीसँग गलत व्यवहार
_x000D_ त्यस्तै एसपी विष्टले पीडित परिवार, स्थानीयबासी, स्थानीय राजनीतिक दलका नेतासँग पनि रुखो व्यवहार गर्ने गरेको आरोप प्रतिवेदनमा उल्लेख छ। उनकै व्यवहारका कारण आन्दोलन चर्किन मद्दत पुगेको समितिको निष्कर्ष छ। 

_x000D_ _x000D_

ङ) बिना आदेश गोली चलाउनु
_x000D_ पन्तको बलात्कारपछि हत्या हुनु र लामो समयसम्म पनि बलात्कार पक्राउ पर्न सकेका थिएनन्। हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आन्दोलन चर्किदै गएको थियो। आन्दोलनका क्रममा एसपी विष्टले गोली चलाउन आदेश दिएका थिए। प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भए। यसमा पनि एसपी विष्टले गम्भीर गल्ती गरेको पाइएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उनले तत्कालीन प्रजिअ कुमारबहादुर खड्काको अनुमति बिना नै गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। समितिले प्रजिअसँग सोधपुछ पनि गरेको छ। आफूले एसपी विष्टलाई पटक-पटक फोन गर्दा पनि नउठाएको र गोली नचलाउनु होला भनेर म्यासेज पठाएकाे भएपनि गोली चलाएको प्रजिअले बताएको कुरा प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

एसपी विष्टले भने प्रहरी कर्मचारी नै असुरक्षित भएको देखेपछि गोली चलाउन आदेश दिएको बताएका छन्। एसपी विष्ट लगायत अन्य प्रहरी अधिकारीले पनि गल्ती कमजोरी गरेको प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

समितिले गृहलाई बुझाएको यो प्रतिवेदन एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिलाई बुझाउने गृह स्रोतले जानकारी दियो। एसपी विष्टलाई लागेको आरोप पुष्टि भए उनको जागिर नै जानसक्ने गृह स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 'अन्य प्रहरी अधिकारीबाट पनि गल्ती भएको देखिएको छ। मुख्य गल्ति चाहिँ एसपी विष्टकै देखिन्छ, एसपी विष्टलाई लागेको आरोप पुष्टि भए जागिर पनि जान सक्छ’ गृह स्रोतले भन्यो।

_x000D_ _x000D_

समितिले यसबारे स्थानीय, पीडित परिवार, एसपी विष्टका चालक, घटनास्थलमा पुगेका तल्लो दर्जाका प्रहरी कर्मचारीलगायतसँग बयान लिएको छ।

_x000D_ _x000D_

त्यसैगरी डिएनए परीक्षणबाट निर्दोष देखिएका दीलिप विष्टलाई प्रहरीले यातना दिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्ट प्रहरीको यातनाबाट थप बिरामी भएको भन्दै विष्टका दाजुले प्रहरीसमक्ष निवेदन दिएका छन्। समितिले पनि यातना दिएको ठहर गरेको छ। प्रहरीको यातनाबाट थप बिरामी परेका भनिएका विष्टको उपचार सरकारले गर्ने भएको छ। 

_x000D_ _x000D_

समितिले बुझाएको प्रतिवेदन गृहले गोप्य राखेको छ। प्रतिवेदन अहिले नै बाहिर ल्याउँदा अपराधी उम्कन सक्ने भन्दै अहिले नै सार्वजनिक नगरिएको गृह मन्त्रालयका सचिव प्रेम राईले जानकारी दिए। प्रतिवेदन १ सय पृष्ठ भन्दा लामो भएको बताइए पनि गृहले यसबारे समेटिएका कुरा  अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएको छ। त्यसैगरी अहिले अनुसन्धानमा खटिएको प्रहरी टोली अनुसन्धानको दायरा फराकिलो पार्दै सेना ब्यारेकसम्म पुगेको बताइएको छ। 

_x000D_ _x000D_

छानबिनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानमा देखिएका सबै विषय उल्लेख गरिएकाले अाफू सन्तुष्ट रहेको बताएका छन्। 

_x000D_ _x000D_

सहसचिव मैनाली नेतृत्वको समितिले गत भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो। यसअघि नै एसपी डिल्लीराज विष्ट भने निलम्बनमा परिसकेका थिए।

_x000D_ _x000D_

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्