• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्याकाण्ड प्रतिवेदन : एसपी विष्टको जागिर नै जान सक्ने

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  १०:४९
1140x725

काठमाडौं- निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई मंगलबार प्रतिवदेन बुझाएको हो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ।

_x000D_ _x000D_

प्रतिवेदनमा प्रहरीको गल्ती/कमजोरी लगायतका कुरा औंल्याइएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ। गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले घटना हुनु अघिदेखि गोली चलाउँदासम्म त्रुटि गरेको औंल्याएको छ।

_x000D_ _x000D_

यस्ता छन् एसपी विष्टलाई लागेका आरोप 

_x000D_ _x000D_

क) घटनाको जानकारी हुनासाथ प्रहरी परिचालन नगरेको
_x000D_ साउन १० गते निर्मला पन्त हराउने बित्तिकै परिवारले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले एसपी विष्टको गल्ती कमजोरी औंंल्याइएको छ। हराएको भन्ने बित्तिकै प्रहरी परिचालन भएको भए यस्तो घटना हुन नसक्ने बताइएको छ।

_x000D_ _x000D_

ख) घटनास्थलमा नगएको 
_x000D_ बलात्कारपछि हत्या जस्तो जघन्य अपराध हुँदा र प्रहरीको तीव्र आलोचना हुँदासमेत विष्ट घटनास्थल नगएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एसपी विष्टले उदासिनता देखाएको आरोप प्रतिवेदनमा लगाइएको छ। 

_x000D_ _x000D_

ग) प्रमाण नष्ट गराउने काम
_x000D_ घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान गर्नु पर्नेमा लाश धोएको, सुरुवाल धोएकोलगायत घटनास्थलका प्रमाण मेटाउने काम भएकाले एसपी विष्ट त्यसमा पनि चुकेको बताइएको छ। सकेसम्म आफू नै जानुपर्ने वा आफू जान नसकेको अवस्थामा पनि प्रमाण जोगाउन नसककेकाले उनले गम्भीर लापरबाही गरेको प्रतिवेदनमा उल्लेख। 

_x000D_ _x000D_

घ) स्थानीयबासीसँग गलत व्यवहार
_x000D_ त्यस्तै एसपी विष्टले पीडित परिवार, स्थानीयबासी, स्थानीय राजनीतिक दलका नेतासँग पनि रुखो व्यवहार गर्ने गरेको आरोप प्रतिवेदनमा उल्लेख छ। उनकै व्यवहारका कारण आन्दोलन चर्किन मद्दत पुगेको समितिको निष्कर्ष छ। 

_x000D_ _x000D_

ङ) बिना आदेश गोली चलाउनु
_x000D_ पन्तको बलात्कारपछि हत्या हुनु र लामो समयसम्म पनि बलात्कार पक्राउ पर्न सकेका थिएनन्। हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आन्दोलन चर्किदै गएको थियो। आन्दोलनका क्रममा एसपी विष्टले गोली चलाउन आदेश दिएका थिए। प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भए। यसमा पनि एसपी विष्टले गम्भीर गल्ती गरेको पाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले तत्कालीन प्रजिअ कुमारबहादुर खड्काको अनुमति बिना नै गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। समितिले प्रजिअसँग सोधपुछ पनि गरेको छ। आफूले एसपी विष्टलाई पटक-पटक फोन गर्दा पनि नउठाएको र गोली नचलाउनु होला भनेर म्यासेज पठाएकाे भएपनि गोली चलाएको प्रजिअले बताएको कुरा प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

एसपी विष्टले भने प्रहरी कर्मचारी नै असुरक्षित भएको देखेपछि गोली चलाउन आदेश दिएको बताएका छन्। एसपी विष्ट लगायत अन्य प्रहरी अधिकारीले पनि गल्ती कमजोरी गरेको प्रतिवेदनमा उल्लेख छ।

_x000D_ _x000D_

समितिले गृहलाई बुझाएको यो प्रतिवेदन एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिलाई बुझाउने गृह स्रोतले जानकारी दियो। एसपी विष्टलाई लागेको आरोप पुष्टि भए उनको जागिर नै जानसक्ने गृह स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 'अन्य प्रहरी अधिकारीबाट पनि गल्ती भएको देखिएको छ। मुख्य गल्ति चाहिँ एसपी विष्टकै देखिन्छ, एसपी विष्टलाई लागेको आरोप पुष्टि भए जागिर पनि जान सक्छ’ गृह स्रोतले भन्यो।

_x000D_ _x000D_

समितिले यसबारे स्थानीय, पीडित परिवार, एसपी विष्टका चालक, घटनास्थलमा पुगेका तल्लो दर्जाका प्रहरी कर्मचारीलगायतसँग बयान लिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यसैगरी डिएनए परीक्षणबाट निर्दोष देखिएका दीलिप विष्टलाई प्रहरीले यातना दिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्ट प्रहरीको यातनाबाट थप बिरामी भएको भन्दै विष्टका दाजुले प्रहरीसमक्ष निवेदन दिएका छन्। समितिले पनि यातना दिएको ठहर गरेको छ। प्रहरीको यातनाबाट थप बिरामी परेका भनिएका विष्टको उपचार सरकारले गर्ने भएको छ। 

_x000D_ _x000D_

समितिले बुझाएको प्रतिवेदन गृहले गोप्य राखेको छ। प्रतिवेदन अहिले नै बाहिर ल्याउँदा अपराधी उम्कन सक्ने भन्दै अहिले नै सार्वजनिक नगरिएको गृह मन्त्रालयका सचिव प्रेम राईले जानकारी दिए। प्रतिवेदन १ सय पृष्ठ भन्दा लामो भएको बताइए पनि गृहले यसबारे समेटिएका कुरा  अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएको छ। त्यसैगरी अहिले अनुसन्धानमा खटिएको प्रहरी टोली अनुसन्धानको दायरा फराकिलो पार्दै सेना ब्यारेकसम्म पुगेको बताइएको छ। 

_x000D_ _x000D_

छानबिनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका समिति सदस्य वीरेन्द्र केसीले अनुसन्धानमा देखिएका सबै विषय उल्लेख गरिएकाले अाफू सन्तुष्ट रहेको बताएका छन्। 

_x000D_ _x000D_

सहसचिव मैनाली नेतृत्वको समितिले गत भदौ ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो। यसअघि नै एसपी डिल्लीराज विष्ट भने निलम्बनमा परिसकेका थिए।

_x000D_ _x000D_

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेको छैन।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सप्तरीमा ५०० घर डुबानमा
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सप्तरीमा ५०० घर डुबानमा आइतबार, असोज ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्