काठमाडौं- निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।
_x000D_
_x000D_
गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले आज उक्त प्रतिवदेन बुझाएको हो।
_x000D_
_x000D_
घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि समितिले बयान लिएको थियो।
_x000D_
_x000D_
प्रदर्शनमा क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रजिअ कुमारबहादुर खड्काले समितिलाई बयानमा बताएको प्रतिवेदनमा उल्लेख छ। एसपी डिल्लीराज विष्टलाई यसबारे पटकपटक सम्पर्क गर्दा फोन नउठाएको प्रजिआले समितिसामु बताएका छन्। समितिसँगको बयानमा प्रजिअले 'गोली चलाउन आफूले आदेश नदिएको अवस्थामा एसपी सम्पर्कमा आउन नचाहेको' बताएका छन्।
_x000D_
_x000D_
समितिले अहिले पनि एसपीका सवारी चालक, प्रहरी जवानहरुमाथि अनुसन्धान गरिरहेको बताएको छ।
_x000D_
_x000D_
यस्तै, उक्त घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ।
_x000D_
_x000D_
समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।
_x000D_
_x000D_
कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो। घटनाको दोषी अझै पत्ता लाग्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।