पोखरा– गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन्।
उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन्। जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेस एमाले गठबन्धनयता एमालेले सरकारमा सामेल हुन केही शर्त अघि सारेको थियो। भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाएलगत्तै एमाले सरकारमा गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।