काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई रु पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ ।
पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिँदै यस्तो माग गरेको हो ।
पार्टी केन्द्रीय समिति बैठकपछि आज मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएका सबै जटिलतालाई हटाउन र सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्नका लागि सो व्यवस्था लागु गर्न माग गरिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।