काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको एक नेताले बताए।
पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्ने योजना थियो।
महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलीसी’ लगायत विषय उल्लेख छन्।
तर महामन्त्रीद्वयको प्रतिवेदनमाथिको छलफल टुंगो लाग्न नसकेपछि आइतबार फेरि बैठक डाकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।