काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न गठित समितिले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाएको छ।
_x000D_
_x000D_
भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो। सुरुमा सो समितिलाई १५ दिनको म्याद दिइएको थियो। तर, तोकिएको समयमा अनुसन्धान नसकिएपछि थप १५ दिन म्याद थपिएको थियो।
_x000D_
_x000D_
समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई प्रतिवेदन बुझाएको हो।
_x000D_
_x000D_
यही समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिस अनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।
_x000D_
_x000D_
समितिका मैनालीका अतिरिक्त ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि थिए। प्रदेश ७ का प्रतिनिधिका रुपमा समितिमा रहेका वीरेन्द्र केसीले जीवन रक्षाको माग गर्दै गत भदौ २५ गते समितिबाट राजीनामा समेत दिएका थिए। तर उनले भदौ २७ मा राजीनामा फिर्ता लिएका थिए।
_x000D_
_x000D_
कञ्चनपुरकी बालिका पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा लास भेटिएको थियो। उनी अघिल्लो दिन साथीको घरमा गएपछि फर्किएकी थिइनन्। पन्तका आमाबाबु न्यायको लागि भन्दै काठमाडौंमा आएर गृहमन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर केही दिनअघि फर्किएका थिए।
_x000D_
_x000D_
गृहमन्त्री बादलले प्रतिवेदन कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्।
_x000D_
_x000D_
यो पनि पढ्नुहोस्ः
_x000D_
_x000D_
निर्मला हत्या प्रकरण : छानबिन समितिका सदस्य केसीले राजीनामा फिर्ता लिए
_x000D_
_x000D_
निर्मला पन्त हत्या प्रकरण : जीवन रक्षाको माग गर्दै छानबिन समिति सदस्यद्वारा राजीनामा
_x000D_
_x000D_
कञ्चनपुर घटनाबारे गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।