काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान मिचेको र संविधानको अपमानमा गरेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संविधानको धारा जसरी अघि बढ्नुपर्ने हो त्यो अस्वाभाविक देखिएको आरोप लगाए ।
उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा उपधारा २ अनुसार नै दुई दल मिलेर सरकार बनाउनु पनि संविधानको अपमान भएको दाबी गरे । उनले सरकार बिचौलिया र माफिया पछाडि रहेको र त्यसैमा यो सरकार सकिने दाबी गरेका छन्।
उनले सरकार हतारमा देखिएको र बिरालोले म्याउँ गरे झैँ रोष्टममा डेडिकेटेड र ट्रक लाइन विरोधमा जसरी उभिएको छ, त्यसले देखाएको आरोप लगाए। उनले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन एमाले र कांग्रेसले दुई तिहाइको बलमा संविधान मिचेको आरोप संसद्को रोष्टमबाट लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।