काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि सुरु भएको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।
समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकारलगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।