काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अहिले बयान लिएको छ।
शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो। समितिले लामिछानेलाई बयानका लागि दर्जनौं प्रश्न सोधेको छ।
समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरुको विवरण, परिवारका कोको सदस्य छन्? तपाईंको शारिरीक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ? लगायतका प्रश्न समेटिएका छन्।
समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ? भन्ने प्रश्न सोधिएको छ।
यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन्। उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।