काठमाडौं– दोस्रोपटक पार्टीले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन्।
दोस्रोपटकको स्पष्टीकरणको जवाफ दिँदै उनले रवि जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका हुन्। उनले भनेका छन्, ‘तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’
यस्तै उनले लामिछानेलाई राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित समेत गर्न सक्ने दाबी गरेका छन्। कारबाहीको दुस्साहस गरेको र सकिन्छ भने आफूलाई गलत हो भनेर सावित गर्न चुनौतीसमेत दिएका छन्।
पार्टीलाई पठाएको जवाफ सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।