काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिफल देखिनेगरी काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘सरकारलाई कुनै गल्ती गर्ने, अन्योल सिर्जना हुनेगरी काम गर्ने, प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन।’
उनले सरकारले जनतामा देखिएको निराशा अन्त्य गर्नेगरी काम गरिरहेको दाबीसमेत गरे। सरकार देशमा देखिएको समस्याको समाधान गर्नको लागि लागिरहेको ओलीको भनाइ छ। आज प्रधानमन्त्री ओलीले सदनमा सांसदहरुले उठाइरहेका प्रश्नको जवाफ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।