काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले असोज १ र २ गते काठमाडौंमा भेला गर्ने तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले बताए।
उनले भने, ‘राष्ट्रिय भेलाअघि सातै प्रदेश भेला हुनेछ। त्यो भेलामा सभापति रवि लामिछाने आफैं सहभागी हुनुहुन्छ। प्रदेश भेलापछि राष्ट्रिय भेला गरेर पार्टी नयाँ रुपमा अगाडि बढ्छ।’
सरकारबाट बाहिरिएपछि रास्वपा पनि संगठन निर्माणको अभियानमा लागेको छ। मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको रास्वपाले त्यसको तयारीका लागि पनि भेला गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।