काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने अजेन्डा छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ। यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ।
त्यसै गरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ। संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।