काठमाडौं– संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
नेपाल भ्रमण आएका बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। आजै काठमाडौं आइपुगेका बर्माले परराष्ट्र मन्त्री आरजु राणासहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।
आफ्नो नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।