काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले एन्फा केन्द्रीय साधारणसभाको निर्वाचन सकिएको ६ महिनापछि एन्फा निर्वाचनमा आफुले भाग नलिनुको कारण सार्वजनिक गरेका छन्।
_x000D_
_x000D_
उनले निर्वाचनमा आर्थिक चलखेल भएकाले आफुले नेपालले भाग लिन नसकेको बताएका हुन्। कुँवरले एन्फा नेतृत्वप्रति कटाक्ष गर्दै विभिन्न आरोप लगाएका छन्। ती आरोपबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई उजुरी पठाउको पनि कुँवरको भनाइ छ।
_x000D_
_x000D_
गत बैशाख २२ गते भएको एन्फा निर्वाचनमा अध्यक्षका उम्मेदवार मणि कुँवरले बहिष्कार गर्ने बताएका थिए। बिधिसम्मत रुपमा निर्वाचन निर्वाचन प्रक्रिया अघि नबढेकाले भन्दै चुनावमा भाग नलिने उनले बताएका थिए। उद्यपी चुनावमा हार्ने आँकलन गरेर उनले भाग नलिने निर्णय गरिएको उनका प्रतिस्पर्धीले आरोप लगाएका थिए।
_x000D_
_x000D_
त्यसअघि चुनाव रोक्न माग गर्दै उनको समूहले अदालतमा मुद्दा समेत दायर गरेका थिए। तर, अदालतले चुनाव रोक्न कुनै आदेश नदिएपछि उनले भाग नलिने निर्णय गरेका थिए। उनले भाग नलिएसँगै एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा भारी मतले विजयी भएका थिए।
_x000D_
_x000D_
कुँवरले वर्तमान एन्फा नेतृत्वलाई लगाएको ६ आरोप:
_x000D_
१. निर्वाचन कमिटिलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको।
_x000D_
२. मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको।
_x000D_
३. मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको।
_x000D_
४. चुनाव लगत्तै मतदातालई युरोप भ्रमणमा लगेको।
_x000D_
५. न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको।
_x000D_
६. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीलाई सयौंको सङ्ख्यामा हवाई टिकट उपलब्ध गराएको।
_x000D_
_x000D_
कुँवरको प्रेस विज्ञप्ती
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।