काठमाडौं– नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनिभूत छलफल भइरहेको जनाएको छ।
स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको बताएका हुन्।
उनले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ। त्यसका लागि बृहत्त वामपन्थी एकीकरण आवश्यक छ। कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ। हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन। अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ।’
मोर्चालाई प्रभाकारी बनाउनको लागि अहिले कार्यदल काम गरिरहेको बताए। उनले थपे, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।