काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेप्रति आपत्ति जनाएका छन्।
संक्रमणकालीन विधेयकमाथिको छलफल हुनुअघि बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले जनयुद्धलाई हिंसात्मक द्वन्द्व भन्ने गरेको र जनयुद्ध भन्ने नाम लिनेबित्तिकै जातै जालाजस्तो गर्ने गरेको बताएका हुन्।
उनले भने, ‘अहिलेका नेताहरुले हिंसात्मक द्वन्द्व भन्नुहुन्छ। संविधान सभाबाटै माओवादी जनयुद्ध भनेर लेखिएको छ। जनयुद्ध भन्दा जातै जाला जस्तो गर्नुहुन्छ।’
उनले संविधानको प्रस्तावनामै लेखिएको जनयुद्धलाई जनयुद्ध भनेर सम्बोधन गर्न किन यस्तो गरिएको हो भन्दै व्याख्यात्मक टिप्पणीसमेत स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।