काठमाडौं– नेकपा एमालेका सांसद किरणकुमार साहले बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध समुदायमाथि भइरहेको अतिवादीको प्रहारबारे सरकारले बोल्नुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले बंगलादेशमा सरकारको मौन समर्थनमा त्यहाँका अतिवादी समूहले हिन्दू र बौद्ध समुदायमाथि अमानवीय कुकृत्य जारी राखेकाले त्यसको निराकरणका लागि बंगलादेशको ध्यानाकर्षण गराउन सरकारलाई सचेत गराएका हुन्।
उनले हिन्दू र बौद्ध धर्मको उद्गम रहेको र नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार सन्धिकोसमेत पक्ष राष्ट्र भएकाले नेपालले बंगलादेशलाई कुटनीतिक माध्यमबाट सचेत गराउन माग गरे।
यस्तै उनले नेपालमा भलै हिन्दू र बौद्ध धर्मावलम्बीको उल्लेख्य संख्या भए पनि विश्वस्तरमा अल्पसंख्यक रहेको उनको भनाइ छ। भोलि उस्तै खाले अतिवादको शिकार नेपालीहरु पनि हुनसक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।
‘त्यसैले बंगलादेशमा भइरहेको धार्मिक हिंसा र समयमा नेपालभित्रै हिन्दू, बौद्ध समुदाय र अल्पसंख्यक समुदाय रहेका भूभागमा हुने हिंसा रोकथामका लागि छिट्टै कुनै कदम चाल्न सरकारलाई अनुरोध गर्दछु’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।