काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिं केसीले बंगलादेशमा हाल त्यहाँका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरुमाथि भइरहेको आक्रमणप्रति नेपाल सरकारको धारणा माग गरेका छन्।
सत्ता उलटफेरपछि त्यहाँ रहेका अल्पसंख्यक धर्मावलम्बीहरुमाथि भइरहेको अत्याचारमा विरोध जनाउनुको साटो सरकार मौन रहेको भन्दै दुख व्यक्त गरेका हुन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीप्रति भएको अत्याचारमा सरकारको मौनतामा दुख व्यक्त गर्दछु।’
यस्तै उनले बहुमत हुँदा पनि जनभावना नबुझ्दा परिणाम के हुन्छ भन्ने कुरा बंगलादेशको अवस्थाबाट बुझ्न सरकारलाई सुझाव दिएका छन्। भ्रष्टाचार, निरंकुशता, शाशकको दम्भ, अंहकार र प्रतिशोधकै कारण बंगलादेशमा अहिलेको अवस्था आएकाले नेपाल सरकारले बेलैमा सोच्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।