काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्री र अर्थमन्त्री पौडेलले भेटवार्ता गरेका हुन्।
उक्त भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।