काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध रहेको बताएका छन्।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेमा जोड दिए।
यसमा भ्रष्टाचार तगारो भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए।
‘अहिलेको सरकार प्रतिशोधका लागि होइन। अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउनका लागि हो। यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने, अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने काम गर्दैन’, उनले भने, ‘कसैले गल्ती गर्यो, बद्मासी गर्यो भने अनुहार हेरिँदैन। उम्किन पाउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।