कैलाली– कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ।
मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन्।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिँदै छन्। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथको तयारी छ।
एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ। एमालेबाट पुरानै तीनजना मन्त्री बन्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।