कैलाली– सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छ्न्।
कांग्रेस र एमाले सांसदको समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन्। यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।
आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ। शाह यसअघि पनि मुख्यमन्त्री थिए।
नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए।
शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।