सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार संसद्बाटविश्वासको मत लिने भएका छन्।
त्यसका लागि कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। कँडेलले शनिबार पत्र दर्ता गराएका हुन्।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन्।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ। कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।