माले– माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष दल माल्दिभियन डेमोक्रेटिक पार्टीका नेता इब्राहिम मोहमद सोलिहले जित हात पारेको दाबी गरेका छन्।
_x000D_
_x000D_
स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार वर्तमान राष्ट्रपति अब्दुल्ला यामिनविरुद्ध सोलिहले स्पष्ट अग्रता लिएका छन्।
_x000D_
_x000D_
हालसम्म ४ सय ७२ मतपेटिकामध्ये ४ सय ३७ को गणना सम्पन्न भइसकेको र सोलिह स्पष्ट जिततर्फ अग्रसर देखिएको ‘माल्दिभ्स इनडिपेन्डेन्ट’ अनलाइनले जनाएको छ।
_x000D_
_x000D_
यद्यपि मत परिणामका सम्बन्धमा माल्दिभ्सको निर्वाचन आयोगले भने कुनै चुनावी रिपोर्ट सार्वजनिक गरेको छैन। सुरुवाती नतिजालाई लिएर सोलिहले राजधानी मालेमा आफ्ना कार्यकर्ता र जनतासँग खुसी बाँडेका छन्। उनले भने, ‘यो खुसी र आशाको समय हो।’
_x000D_
_x000D_

_x000D_
_x000D_
मालेस्थित निर्वाचन केन्द्रमा मताधिकार सुरक्षित गर्दै वर्तमान राष्ट्रपति यामिन
_x000D_
_x000D_
_x000D_
सोलिहले आफ्ना निकटतम प्रतिद्वन्द्वि राष्ट्रपति यामिनको आलोचना गर्दै उनले जनताको मतलाई स्वीकार गर्नुपर्ने बताए। नेता सोलिहले आफूले १६ प्रतिशतको अन्तरमा यामिनलाई पराजित गरेको दाबी गरेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार हालसम्म ९२ प्रतिशत मत गणना भइसकेको छ।
_x000D_
_x000D_
राष्ट्रपति यामिन चीन तथा नेता सोलिह भारतनिकट मानिन्छन्। पछिल्लो समय वर्तमान राष्ट्रपति यामिनले संकटकाल लगाएपछि उनी आलोचित बन्दै आएका थिए।
_x000D_
_x000D_
आइतबार भएको निर्वाचनमा माल्दिभ्स जनताको उल्लासमय उपस्थिति रहेको थियो। निर्वाचन केन्द्रमा भिड लामो लाग्नु र आशा गरिएभन्दा बढी जनताको सहभागितापछि निर्वाचन गर्न पाउने समय ३ घण्टा थप गरिएको थियो। कतिपय मतदाताले भोट हाल्न ५ घण्टा बढी लाइनमा बसेको बताएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
मत गणनाअघि वर्तमान राष्ट्रपति यामिनले जित हात पर्नसक्ने अनुमान गरिएको थियो। यामिनका राजनीतिक विरोधी नेता तथा कार्यकर्ताहरु जेलमा छन्। यामिनविरुद्ध आफ्ना विरोधीमाथि दमन तथा मानवअधिकार उल्लंघनको आरोप लाग्दै आएको छ।
_x000D_
_x000D_
निर्वाचनअघि पनि प्रमुख प्रतिपक्ष दलका चुनावी कार्यालयमा प्रहरीले छापा मारेको थियो।
_x000D_
_x000D_
यसअघि अमेरिका, युरोपेली संघ, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु तथा विपक्षी दलले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका थिए। अमेरिका, युरोपेली संघले निर्वाचन लोकतान्त्रिक ढंगबाट नगरिए माल्दिभ्समाथि नाकाबन्दी लगाउनेसम्मको चेतावनी दिएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
यसका वाबजुदपनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई निर्वाचन केन्द्रहरुमा टाढा राखिएको थियो भने चर्चित विदेशी मिडियालाई पनि प्रवेश दिइएको थिएन।
_x000D_
_x000D_
माल्दिभ्सको जनसंख्या ४ लाख छ। यो अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका लागि निकै चर्चित मानिन्छ। टापु नै टापुको देश माल्दिभ्सको मुख्य आर्थिक स्रोत नै पर्यटन उद्योग हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।