काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा परिणाम देखिने दाबी गरेका छन्।
शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले निष्ठापूर्वक काम गरेकाले देखिनेगरी परिणाम निस्कने दाबी गरेका हुन्।
उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुन दाबी गरे। आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्वता व्यक्त गरे।
मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे। उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेको बताए।
साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए। पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिन समेत आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।